काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ।
काठमाडौँमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।
साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्तावसमेत राष्ट्रिय भेलामा राखेका छन्।
मंगलबारबाट सुरु भएको सो भेला महाधिवेशनको मिति तय गरेसँगै आज सकिएको छ ।