संसद भवनअघि प्रदर्शन गर्ने ७ जना पक्राउ



काठमाडौँ। काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन भएको छ।

प्रदर्शन गर्नेमध्ये ७ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि उनीहरूले प्रदर्शन गरेका थिए।

काठमाडौंका एसपी नवराज अधिकारी अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ता हुन्।

पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।

प्रकाशित मिति : आश्विन ३, २०८१ बिहिबार  ५ : २३ बजे