सुनको मूल्य बढ्यो, कतिमा हूदैंछ कारोबार ?



काठमाडौं ।स्थानिया बजारमा सुनको मूल्य एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार  ११ : ५३ बजे