आइतबार सेयर बजार ११.५८ अंकले बढेर २५८८ विन्दुमा, कारोबार खूम्चियो



काठमाडौँ । आइतबार सेयर बजार परिसूचक ११.५८ अंकले बढेको छ । आइतबार नेप्से उच्च विन्दु २६४२ सम्म पुगेको थियो । कारोबार बन्द हुँदा परिसूचक २५८८ बिन्दुमा पुगेको छ । यसअघिका तीन कारोबार दिनमा सेयर बजार लगातार घटेको थियो ।

पाँच अर्ब नौ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यसअघिको कारोबार दिन अर्थात् गएको बुधबार पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर छ । अपर स्यांगे हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

परिसूचक सर्वाधिक बढ्नेमा वाणिज्य बैंक समूह छ । यो समूहको परिसूचक १.०१ प्रतिशतले वृद्धि भएको छ

प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार  ४ : ०७ बजे