काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।साइबर ब्युरोबाट खटिएको टोलीले भक्तपुर कमेरेटारस्थित प्रसाईंनिवास पुगेर पक्राउ गरेको हो।रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत महिलाको उजुरीमा प्रसाई पक्राउ परेका हुन्।
प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौँबाट प्रसाईंलाई पक्राउ गर्न अनुमति लिएको थियो।
साइबर ब्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म बाहिरै बसेको थियो।
ढोका नखोली भित्रबाट अपशब्दसमेत प्रयोग गरिएको थियो।
यसपछि प्रहरी भर्याङ लगाएर घरको कम्पाउन्डमा प्रवेश गरी पक्राउ गरेको थियो।उनले नेपाल न्यूज बैंकसँग भने,‘निवेदन त धेरैको पर्छ । सबैलाई पक्राउ गर्ने कुरो भएन तर प्रसाईं पक्राउ बारे यहाँ जानकारी आएको छैन । निवेदन परेकै आधारमा पक्राउ गर्ने हुँदैन निबेदन त तपाइँहरुको पनि परेको होला नि । प्रसाईं पक्राउबारे यहाँ आधिकारिक जानकारी छैन ।’










