रविका साझेदार छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



पोखरा सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश गरेको हो।प्रहरीले जोशीलाई सोमबार जिल्ला अदालत कास्कीमा १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो।

विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा संलग्नता रहेको भन्दै जोशीलाई काठमाडौंबाट पक्राउ गरी आइतबार पोखरा ल्याइएको थियो।

उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो।

संसदीय छानबिन विशेष समितिले गरेको सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको थियो।

पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको र गोर्खा मिडिया विरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ४ : ५६ बजे