साहारा सहकारी ठगी प्रकरणमा जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता



काठमाडौं । विभिन्न सहकारी ठगेर फरार रहेका गीतेन्द्रबाबु राई जीबीविरुद्ध जिल्ला अदालतल चितवनमा पनि सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ ।

चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा उनीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

साहारा सहकारीबाट ४४६ बचतकर्ताको ३७ करोड ६५ लाख रुपैयाँ अपचलन भएको खुलेको छ । प्रतिवादीहरूमध्ये सागर केसी र कुमार रम्तेल थुनामै छन् । जीबी राई अझै फरार छन् ।

प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार  ४ : ५९ बजे