काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारामा थप २० मिटर जग्गा छोड्नुपर्ने मापदण्ड लागू गर्न सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध प्रदर्शन भएको छ।
बिहीवार काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो।
सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरवलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा प्रदर्शन भएको हो।
‘जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन्।
सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका निवेदनमा न्यायाधीशहरू सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ।