काठमाडौँ । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट २८ जनाको शव निकालिएको छ ।
घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अहिलेसम्म पुरिएका गाडीहरूबाट २८ जनाको शव संकलन भएको प्रहरीले जनाएको छ ।
शनिबार र आइतबार गरी उक्त सङ्ख्यामा शव फेला परेको हो ।










