कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बुधबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा बाढी पहिरो लगायत जनताले भोग्नुपरेको विपत्ति‚ सरकारको राहत कोषमा सांसदहरूले पन्ध्र दिनको तलब दिने लगायत विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले यसअघिनै बाढीपीडितको लागि सरकारले निर्माण गरेको कोषमा ५० लाख जम्मा गर्ने र सांसदले १५ दिनको तलव दिने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : १३ बजे