काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकको वृद्धि भएको छ। ४४.४५ अंकले बढेर नेप्से २५०८.८६ विन्दुमा पुगेको हो।
सोमबार कारोबार भने घटेको छ। ३ अर्ब ७१ कारोबार भएको यस दिनमा सिमेन्टको सूचकमा सबैभन्दा बढी वृद्धि भएको छ।
सूचीकृत चार वटै सिमेन्ट कम्पनी मूल्य उच्च दरमा बढेको छ।सर्वोत्तम सिमेन्टको ९.४, सोनापुर सिमेन्टको ९.१, शिवम् सिमेन्टको ७.९ र घोराही सिमेन्टको ६.८ प्रतिशत मूल्य बढ्यो।
सीईडीबी हाइड्रोपावरको १०, युनाइटेड मोदी हाइड्रोको ९.५, माहुली लघुवित्तको ७.३ र हाथवे इन्भेस्टमेन्टको ७.१ बढेको छ।
आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घटेको छ। म्युचुअल फन्डबाहेक सबै क्षेत्रका सूचक बढे।
बैंकिङ १.१८, विकास बैंक १.९३, फाइनान्स ४.१९, होटल तथा पर्यटन ३.२८, हाइड्रोपावर १.२२, लगानी २.४५, जीवन बीमा १.७८, उत्पादन ३.८३, माइक्रोफाइनान्स १.८५, निर्जीवन बीमा ०.७१, अन्य २.३७ तथा व्यापार समुह १.५२ प्रतिशत बढे।