काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर क्राइम गरेको आरोपमा मुद्दा दर्ता भएको छ।
साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
उनलाई ५ वर्ष कैद र एक लाख रुपैँया जरिमाना गर्न माग गरिएको छ।
सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा प्रसाईंविरुद्ध उजुरी परेको थियो।
रास्वपा केन्द्रीय सदस्य टीका ९ज्वाला० संग्रौलाको जाहेरीका आधारमा प्रहरीले प्रसाईंलाई पक्राउ गरी मुद्दा चलाएको हो।
असोज ६ गते भक्तपुरस्थित आफ्नै निवासबाट प्रसाईं पक्राउ परेका थिए।