प्रभु बैंक र चितवनको कलेज अफ मेडिकल साइन्सबीच सम्झौता



काठमाडौं । चितवनको कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच छुटको सम्झौता भएको छ ।

बैंकका ग्राहक तथा कर्मचारीले कलेजसँग सेवा तथा सुविधा लिएबापत विशेष छुट प्राप्त गर्ने सम्झौता भएको हो ।

आइतबार एक कार्यक्रमबीच बैंकका तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजको तर्फबाट अरिरिक्त निर्देशन ९ब्ममष्तष्यलब िम्ष्चभअतयच० डा मनोहन प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार कलेजबाट प्रदान गरिने सेवा सिओएमएसमा उपचार गर्दा बैंकका ग्राहक तथा कर्मचारीहरूले एक्सरे र यूएसजिमा २० प्रतिशत सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ ।

यो सुविधा प्राप्त गर्नको लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्नुपर्ने हुन्छ । तर बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात पनि अनिवार्य पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १ : ०२ बजे