दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

प्रसाईलाई जिल्ला अदालत काठमाडौंले एक लाख धरौटी रकम लिएर छोड्न अदालतले आदेश दिएको हो ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई दुईवटा मुद्दामा ५०/५० हजार धरौटी लिन आदेश गरेको अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले जानकारी दिए ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ५० बजे