बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.९९ प्रतिशतले घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

५४ कम्पनीको मूल्य बढ्दा १८७ को घट्यो भने ३ को स्थिर रह्यो । फाइनान्सबाहेकका सबै क्षेत्रगत सूचक घटेका छन् । फाइनान्स १।७५ प्रतिशत बढ्यो । बैंकिङ ०.७१, विकास बैंक १.३८, होटल तथा पर्यटन १.७९, हाइड्रोपावर १.७४, लगानी १.५२, जीवन बीमा ०.४०, उत्पादन १.७९, माइक्रोफाइनान्स १.१२, निर्जीवन बीमा १.८२, व्यापार १.१८ प्रतिशत घटे ।

थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज फाइनान्स उपसमूहको सूचक १.७५ प्रतिशतले बढ्यो । बाँकी सबै उपसमूहको सूचक घटेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : ३१ बजे