अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन



काठमाडौं, १६ असोज । अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादव अनुमोदित भएकी छन् ।

संसदीय सुनुवाइ समितिमा आज ९बुधबार० बसेको बैठकले उनको नाम अनुमोदन गरेको हो । उनले आजको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिईन् ।

उनले समितिमा पेस गरेको कार्ययोजानमा बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने उल्लेख गरेकी छन् ।

तेस्तै नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउन सकिने उनले आफ्नो योजना प्रस्तुत गरेकी थिईन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : २४ बजे