हिज्बुल्लाहका नयाँ नेता बन्ने ठानिएका हासिमलाई निशाना बनाउँदै बेइरुतमा ठूला विस्फोटन



काठमाडौं । लेबननको राजधानी बेइरुतमा हिज्बुल्लाहका नेताहरूलाई निशाना बनाउँदै पुनः व्यापक रूपमा इजरेली हमलाका क्रम सुरु भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सहरभर गरिएका प्रहारमध्ये एउटा त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलको ठिक बाहिरसमेत थियो।

ती खासगरी हिज्बुल्लाहको बलियो पकड रहेको दक्षिणी दाहिय क्षेत्रमा परेका थिए।

इजरेली अधिकारीहरूलाई उद्धृत गर्दै आएका विवरणमा हमलाको मुख्य निशानामा हिज्बुल्लाहका सम्भावित नयाँ नेता ठानिएका हासिम साफी अल–दिन रहेको बताइएको छ।

उनी इजरेलद्वारा मारिएका पूर्वनेता हसन नस्रल्लाहका नजिकका भाइ पर्छन्।

हसन नस्रल्लाहको मृत्युपछि हिज्बुल्लाह र लेबननको सम्भावित भविष्य हिज्बुल्लाहसँगको लडाइँमा लेबननमा आठ इजरेली सैनिकको मृत्यु, प्रत्यक्षदर्शीहरूले ती विस्फोटन गत साता नस्रल्लाह मारिँदाको जस्तो भएको तुलना गरेका छन्।

हासिम साफी अल–दिन भूमिगत बङ्करमा रहेको ठानिएको छ। उनको अवस्था अज्ञात छ।अन्यत्र लेबननको दक्षिणमा इजरेली हमलामा परेर आफ्ना दुई सैनिकको मृत्यु भएको लेबननको सेनाले जनाएको छ।

इजरेलले पूर्ण आकारको अतिक्रमण सुरु गरेको तेस्रो दिनमा मारिएका लेबननी सैनिकमध्ये एकजनाको दक्षिणी लेबननमा रेडक्रससँग मिलेर उद्धार अभियान सञ्चालन गरिराखेका बेला र अर्काको सैन्य चौकीमा भएको हमलामा परेको बताइएको छ। बीबीसि बाट

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ५१ बजे