कुमारी बैंकले ल्यायोे दशैँ दक्षिणा अफर



काठमाडौं । कुमारी बैंकले दशैँ दक्षिणा अफर ल्याएको छ । आउँदो विजया–दशमीको अवसरमा सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको बैंकले जनाएको छ ।

अफर अन्तर्गत बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङ्गबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम रू. ५० दक्षिणा प्रदान गर्नेछ ।त्यसैगरि एकादशी देखि कोजाग्रत पूर्णिमा सम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बंैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रू. ५०१ बराबरको दशंै दक्षिणा प्राप्त गर्न सक्ने छन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ । बैंकले घटस्थापना देखि महानवमी सम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक समेत सञ्चालन गरिरहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : आश्विन २१, २०८१ सोमबार  २ : ३२ बजे