यो सरकार खरानीको डल्लो होईन,लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली



काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लगभग दुई तिहाइ नजिकको रहेको कु्रा हेक्का राख्न भनेका छन् । ६९ प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार परिर्वतन हुन्छ भन्न्ने सुनिने गरेको बताउदै हललाका पछि नलाग्न आग्रह गरे ।अब आफूले करिव एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । एमाले अध्यक्ष समेत रहेका ओलीले भने, मैले पहिले नै भनिसकेको छु, आफैं फेरिन्छ यो सरकार ।’

‘अहिले दिनै सरकार परिवर्तनको हल्ला सुनिन्छ । दसैंपछि तुरुन्त परिवर्तन हुन्छ रे । कुन दसैं भनेको हो ? ०८४ सालको दसैंपछिको चुनावमा ठीकै हो । त्यसभन्दा यता म १ वर्ष ९ महिना रहन्छु । त्यसपछि शेरबहादुरजीलाई हस्तान्तरण गर्छु । मैले पहिला नै भनेको छु । आफैं फेरिन्छ यो सरकार । त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ । चुनाव उहाँको नेतृत्वमा हुन्छ,’– उनले भने ।

उनले कांग्रेस–एमालेको इतिहास मुलुकलाई परिवर्तन गर्ने कुरामा लागेको बताए ।ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको दाबि गरे ।

प्रकाशित मिति : आश्विन ३०, २०८१ बुधबार  ६ : ४८ बजे