पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र सहकारी पीडित आमनेसामने हुने देखिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा रास्वपाको प्रदर्शन र सबै सहकारी ठगमाथि कारबाही चलाउनुपर्ने माग गर्दै सहकारी पीडितले प्रदर्शन गर्ने तयारी गरेपछि कास्की प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो। दुवै पक्षले प्रदर्शन गर्दा हुलदंगा र मुठभेड हुन सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराको सहिद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेका हुन्।
अर्को सूचना जारी नभएसम्म निषेध आदेश लागू हुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
निषेधित क्षेत्रमा प्रदर्शन र जुलुस गर्न पाइँदैन। यसअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो।
निषेधाज्ञा लागू हुने क्षेत्रको चार किल्लाः
१. सहिदचोक आसपासका क्षेत्रः
पूर्व तर्फः वाई चोक ९उत्तर पूर्व तर्फ मिलनचोक० पश्चिम तर्फः फिस्टेल गेट ९बैदाम०
उत्तर तर्फः मालपोत कार्यालय, कास्की दक्षिण तर्फः मुस्ताङ चोक ९दक्षिण पश्चिमतर्फ पर्यटन वोर्डको कार्यालय अगाडी, ड्यामसाईड०
२. गैह्रापाटन आसपासका क्षेत्रः
पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्र ।















