कांग्रेसको केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना मनोनित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना मनोनित भएका छन् ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले १८ जनालाइ प्रशिक्षण प्रतिष्ठानमा मनोनित गरेका हुन् ।

प्रतिष्ठान प्रमुख खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यहरु नियुक्त गरेको पार्टिका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारि गरेको बिज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार  ७ : ५२ बजे