एमालेले दान लिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन भन्दै नेकपा एमालेलाई दिएको जग्गाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा रिट हालेका हुन् ।

रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गामा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।

सो रिटको पेशी भोलिको लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक ७, २०८१ बुधबार  २ : ५१ बजे