राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गएनन् प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने तय भएपनि अन्तिम समयमा गएनन्।

मुख्यसचिव एकनारायण अर्याल बिरामी परेको भन्दै आफू बैठकमा उपस्थित हुन नसक्ने खबर प्रधानमन्त्रीले पठाएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।

समितिको बैठक सुरुमा आइतबारका लागि बोलाउने तय भए पनि प्रधानमन्त्री नै सहभागी हुने भन्दै सोमबारका लागि सारिएको थियो। तर अन्तिम समयमा प्रधानमन्त्रीले पनि कार्यतालिका फेरेका हुन्।

‘मुख्यसचिव अस्वस्थ हुनुभयो म आउन नसक्ने भएँ। गृहमन्त्रीलाई बैठकमा पठाउँछु भन्नुभयो,’ सभापति खतिवडाले भने।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार  १२ : ४२ बजे