अमेरिकी निर्वाचनमा ट्रम्पको पल्लाभारी,समर्थकले मनाउन थाले खुसी



काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित नजिकको अग्रता बन्दै गएपछि अमेरिकाका विभिन्न भागमा डोनल्ड ट्रम्पका सदस्यहरूले खुसी मनाउन थालेका छन् ।

अमेरिकि राष्ट्रपति निर्वाचनको परिणममा निर्णायक मानिएका स्विङ राज्यहरुमा पनि ट्रम्पले जित्ने निश्चित भएसँगै उनलाइ अब अमेरिकाको भाबि राष्ट्रपतिका रुपमा हेर्न थालिएको छ ।

ताजा विवरणहरूका अनुसार डोनल्ड ट्रम्पले महत्त्वपूर्ण स्विङ स्टेट नोर्थ क्यारोलाइनामा जित हासिल गर्दै १६ इलेक्टोरल कलेज मत पाएका छन्।

ट्रम्प अभियानको निम्ति यो सुखद समाचार हो किनभने यसले उनलाई आवश्यक न्यूनतम २७० इलेक्टोरल कलेज भोट पाउने मार्ग थप प्रशस्त गर्छ।

ट्रम्पले दोस्रो स्विङ स्टेट जोर्जामा पनि जित्ने प्रक्षेपण गरिएको छ। यसअघि नोर्थ क्यारलाइनामा पनि उनले जित्ने प्रक्षेपण गरिएको थियो। यसपालिको मतपरिणाम सन् २०१६ को जस्तो देखिँदै छ। त्यति बेला ट्रम्पले जितेका थिए।

डोनल्ड ट्रम्पले धेरै जसो स्विङ स्टेटमा निकै राम्रो मत ल्याएको देखिएको छ।जोर्जा, नोर्थ क्यारलाइना र पेन्सिल्भेनिआमा धेरै मत गनिसक्दा उनी अगाडि छन्।

एरिजोना र विस्कन्सिनमा उनी थोरै मतले अगाडि छन्। त्यहाँ पनि आधाभन्दा धेरै मत गनिसकिएको छ।

यसबीच मिशिगन राज्यमा ३२ प्रतिशत भोट गनिसक्दा कमला ह्यारिस अगाडि छिन्।

सहरी तथा उपनगरजस्ता क्षेत्रमा कमला ह्यारिसले जो बाइडनकै जस्तो प्रदर्शन गरिरहेकी छन् तर पूर्वराष्ट्रपति ट्रम्पसँगको अन्तर कम हुन सकेको छैन।

सिनेटमा पनि नियन्त्रण गर्ने सँघारमा रिपब्लिकन पार्टी

ओहायो राज्यका वर्तमान सिनेटर शेरड ब्राउन पराजित भएपछि अब सिनेटमा डेमोक्र्याटिक पार्टीले आफ्नो नियन्त्रण बनाइराख्ने सम्भावना झिनो बन्दै गएको छ।

उक्त पार्टीले दुई सीट गुमाइसकेको छ भने मन्टानामा पनि जोन टेस्टर जोखिममा परेका छन्। अन्यत्र डेमोक्र्याटहरूले नजिते अब सिनेटको नियन्त्रण रिपब्लिकनको हातमा पुग्ने छ।

यतिखेर डेमोक्र्याट उम्मेदवारले सिनेट सदस्य जित्ने अन्य ठाउँ खासै देखिँदैन।

फ्लोरिडा र टेक्ससमा रिपब्लिकन उम्मेदवारले जितिसके। नेब्रास्कामा ६९५ मतगणना भइसक्दा रिपब्लिकन उम्मेदवार डेब फिशर स्वतन्त्र उम्मेदवार ड्यान अस्बोर्नभन्दा थोरैले अगाडि छन्। अस्बोर्नले जिते पनि सिनेटमा उनी डेमोक्र्याटहरूको पक्षमा लाग्छन् भन्न सकिँदैन।

यदि डोनल्ड ट्रम्प राष्ट्रपति अनि जेडी भान्स उपराष्ट्रपतिमा निर्वाचित भए भने जेडी भान्सले सिनेटमा ुटाइ(ब्रेकिङु अर्थात् निर्णायक भोट हाल्न पाउने हुनाले नेब्रास्कामा जेसुकै भएपनि त्यसले महत्त्व राख्ने छैन।

यो रात रिपब्लिकनहरूका लागि हर्षको रात हुने जस्तो देखिँदै छ।बीबीसीबाट

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  १२ : ४३ बजे