काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ ।आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ ।
यसदिन पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड १६ लाख कित्ता सेयर ५५ हजार २३८ पटकमा खरिद बिक्री भएको छ ।
होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशत घटेको छ ।१२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो ।