अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित



काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्पले फेरि जितेका छन्। जितसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । २७० भन्दा बढी इलेक्टोरल भोट ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् ।

हिलरी क्लिन्टनलाई अनपेक्षित रूपमा पराजित गरेको आठ वर्षपछि अनि जो बाइडनले उनलाई विस्थापित गरेको चार वर्षपछि पूर्वराष्ट्रपति ट्रम्प पुनः ह्वाइट हाउसबाट फर्किने निश्चित भएको छ।

ताजा परिणम अनुसार डोनल्ड ट्रम्पले विस्कन्सिनपछि अलास्का राज्यमा जितेको देखिएको छ। यससँगै उनले २७९ इलेक्टोरल कलेज मत पुर्‍याएका छन्। निर्वाचित हुन २७० मत आवश्यक पर्छ।

लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि छन्।

सन् २०२१ को ज्यानुअरी ६ मा संसद् भवनमा भएको दङ्गाको घटनापश्चात् नराम्ररी बिग्रिएको छवि लिएर उनी राष्ट्रपतिको पदबाट बिदा भएका थिए। अहिलेको विजयबाट उनको गजबको पुनरागमन भएको छ।

अमेरिकीहरूले ट्रम्पमाथि खास गरी दुईवटा विषयमा भरोसा गरेको सर्वेक्षणहरूले देखाए – आप्रवासन तथा अर्थतन्त्र। अनि उनको निर्वाचन अभियानले यिनै विषय निरन्तर उठाइरह्यो।

निर्वाचन प्रचार सुरु भएपछि बाइडनको साटो कमला ह्यारिस मैदानमा आएपछि ट्रम्पको टोली थोरै अनिश्चयमा परेको देखियो। तर चाँडै नै पूर्वराष्ट्रपति सम्हालिए अनि शासनमा रहेकाहरूको विरोधमा रहेको जनमतको बलमा अघि बढे।

अब उनीसँग शासन चलाउन चार वर्ष छ – यसपालि उनको पछाडि अझ परिस्कृत राजनीतिक सङ्गठन पनि छ जो उनका चुनावी वाचाहरूलाई कार्यान्वयन गर्न तत्पर देखिन्छ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ५ : ४२ बजे