काठमाडौँ । अमेरिकी डलरको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ ।
यो अहिलेसम्मकै उच्च हो । हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । अस्ति मङ्गलवार एक सय ३४ रुपैयाँ ८९ पैसा पुगेको थियो ।
राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ल।
पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो।
अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले जितेपछि लगानीकर्ताको आकर्षण डलरमा बढेको विश्लेषण गरिएको छ।
ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन्।