काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायधीश नृपध्वज निरौलाले कार्ययोजना प्रस्तुत गरेका छन् । शुक्रबार संसदीय समितिको बैठकमा उनले कार्ययोजना पेस गरेका हुन् ।
कार्ययोजनामा उनले संविधान र कानुनले न्यायपालिकालाई सुम्पेको भूमिका र जिम्मेवारीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी रूपमा सम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले न्याय सम्पादनमा सक्रिय रहने, फैसला तथा आदेशको कार्यान्वयन गर्ने, विवाद समाधानका वैकल्पिक उपायको अवलम्बन गर्ने, न्यायिक सुशासनमा जोड दिने लगायतका प्रतिबद्धता जनाएका छन् । न्यायपालिका र नेतृत्वले लिएका नीतिको आफ्नो तहबाट कार्यान्वयनमा सहयोग र सहजीकरण गर्ने उनले बताए ।