इरानी योजनामा ट्रम्पको हत्या प्रयासको आरोपमा एक युवकमाथि मुद्दा



काठमाडौं ।अमेरिकी राष्ट्रपतीय चुनावअघि एक इरानी षड्यन्त्रमा गराइएको भनिएको डोनल्ड ट्रम्पको हत्या प्रयाससँग सम्बन्ध रहेको भन्दै अमेरिकी सरकारले एक अफगान नागरिकविरुद्ध अभियोग अघि बढाएको छ।

अमेरिकी न्याय मन्त्रालयले ५१ वर्षीय फर्हाद शकेरीविरुद्ध शुक्रवार ट्रम्पको हत्या गर्ने “योजना उपलब्ध गराएको” आरोपमा अभियोग अघि बढाएको हो।

अमेरिकी सरकारका अनुसार शकेरी पक्राउ परेका छैनन्। उनी इरानमा रहेको अमेरिकी दाबी रहे पनि इरानले त्यसमा सत्यता नरहेको बताउँदै आएको छ।

म्यानहटन अदालतमा दर्ता गरिएको एक फौजदारी मुद्दामा अभियोजनकर्ताहरूले इरानको रेभुलस्नरी गार्डका एक अधिकारीले सेप्टेम्बर महिनामा शकेरीलाई ट्रम्पको निगरानी र हत्या गर्ने योजना तयार पार्न निर्देशन दिएको दाबी गरेका छन्।

अमेरिकी महान्यायाधिवक्ता मेरिक गार्लन्डले एक विज्ञप्तिमा भनेका छन्स् “आपराधिक सहयोगीका सञ्जाललाई राष्ट्रपति(निर्वाचित डोनल्ड ट्रम्पसहितको हत्या योजना अघि बढाउने निर्देशन दिने भूमिकामा रहेका एक इरानी सत्ताका प्रतिनिधिमाथि न्याय मन्त्रालयले अभियोग दायर गरेको छ।”

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  २ : ५९ बजे