गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन पहिलो प्रथमिकतामा थियो : मन्त्री पाण्डे



काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै आँफुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाइ प्राथमिकतामा राखेर काम गरेको बताएका छन् ।

मन्त्री पाण्डेले शनिवार सामाजिक सञ्जाल फेसबुक मार्फत भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनलाइ प्राथमिकतामा राखेर काम गरेको बताएका हुन् ।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेपछि पाण्डेले खुसि समेत ब्यक्त गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय सहित सहुलियत उडानको कार्ययोजना मन्त्रीपरिषदबाट पारित गरेको उनले उल्लेख गरेका छन् ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षसम्म पनि विमानस्थलको सञ्चालन नुहुदा व्यबसायी लगायत आम सर्वसधारणमा बनेको निराशाको वातावरण अब अन्तय भएको उनको भँनाइ छ ।

मन्त्री पाण्डेले विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि चाहिने होटल, अध्यागमन, श्रम लगायतका अन्य सम्पूर्ण पूवार्धार तत्काल निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडान पुन सञ्चालनका लागि सहयोग गर्ने सबैलाइ उनले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : कार्तिक २४, २०८१ शनिबार  ५ : ३३ बजे