इजरेल र हमासबीच मध्यस्थकर्ताको भूमिकाबाट कतार अलग हुँदा के फरक पर्छ ?



काठमाडौं । इजरेल र हमासबीच युद्धविराम तथा बन्धक रिहाइका लागि वार्तामा मध्यस्थताको भूमिका निभाइरहेको कतारले आफ्नो काम रोकेको अधिकारीहरूले बताएका छन्।

हमास र इजरेलले छलफलका लागि “आफ्नो इच्छा देखाएमात्रै” आफ्नो काम फेरी सुरु गर्ने कतारले बताएको छ।

गाजामा युद्ध अन्त्यका लागि नयाँ प्रस्ताव अस्वीकार गरेको आरोप लगाउँदै एक जना अमेरिकी वरिष्ठ अधिकारीले कतारमा हमासका प्रतिनिधिहरूको उपस्थिति वाशिङ्टनले स्वीकार नगर्ने बताएको विवरण सार्वजनिक भए लगत्तै कतारको यस्तो निर्णय आएको हो।

कतारले वार्ताको मध्यस्थताको जिम्मेवारीबाट अलग भएको जनाकारी गराउँदै दोहामा रहेको हमासको राजनीतिक कार्यालयले “उसको उद्देश्यमा काम नगर्ने” प्रारम्भिक विवरणहरू “वास्तविक” नभएको बताएको छ।कतारले १० दिन अगाडी नै यदि पछिल्लो प्रयासमा पनि हमास र इजरेलबीच कुनै सम्झौता भएन भने आफ्नो देशले मध्यस्थकर्ताको भूमिका स्थगित गर्ने कुरा सबै पक्षलाई जानकारी गराएको, कतारी विदेश मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

युद्धरत पक्षहरूले क्रूर युद्ध अन्त्य गर्ने इच्छा र गाम्भीर्य देखाएको अवस्थामा कतारले आफ्नो भूमिका पुन सुरु गर्नेछ । बीबीसि बाट

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ४ : ४६ बजे