छिस्तीबाट बागलुङ आउँदै गरेको ‘पिकअपभ्यान’ दुर्घटना, ५ जनाको मृत्यु



बागलुङ ।आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटनामा परेको र‘ पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको प्रहरीरे जानएको छ ।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन । थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  १० : ५३ बजे