काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी भएसँगै अब रुससँगको युद्ध अन्यथा अवस्थामा भन्दा छिटो अन्त्यू हुने कुरामा आफू ढुक्क रहेको बताएका छन्।
अमेरिकी चुनावमा ट्रम्पको विजयपछि आफूहरूबीच फोनमा कुराकानी हुँदा ूरचनात्मक संवादू भएको उनको दाबी छ।
रुससँगको वार्ताका लागि ट्रम्पले कुनै माग राखेनराखेकोबारे केही नबताए पनि ट्रम्पले युद्धबारे युक्रेनको अडानभन्दा विपरीत हुने गरी कुनै कुरा गरेको आफूले नसुनेको जेलेन्स्कीले बताए। बीबीसि बाट














