कीर्तिपुरको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलको उम्मेदवारी दर्ता



काठमाडौं, । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि कीर्तिपुर नगरपालिकाबाट मेयर पदको लागि कांग्रेसका कृष्णमान डंगोलले उम्मेद्वारी दर्ता गराएका छन् ।

सोही नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र वडा नम्बर ४ को राजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् । डंगोल नेपाली कांग्रेस कीर्तिपुर नगर समितिका सभापति समेत हुन् ।

तेस्रो कार्यकालका लागि नगर समिति सभापति रहेका उनी ललितकला क्याम्पसका पूर्वस्ववियू अध्यक्ष हुन् ।

प्रकाशित मिति : मंसिर २, २०८१ आइतबार  ४ : ५२ बजे