राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई कार्यकारी प्रतिवेदन पेश गरेको छ । आइतबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलाई उक्त कार्यकारी प्रतिवेदन सारांश पेश गरिएको हो ।

प्रतिवेदन सारांश बुझ्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु रहेको बताए । उनले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा दबाबमा वा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था भएको बताए ।

उनले भने, ‘हामीले आशा गरिरहेका छौं की हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउनका लागि थुप्रै आयामहरु छन् । तर सँगसँगै धेरै चूनौतिहरु पनि देखा परिरहेको अवस्था छ । अहिले हामीले उत्पादन, रोजगारी, आयात, निर्यात, राजश्व र पूँजीगत खर्चमा सोचेजस्तो नतिजा प्राप्त गर्न नसकेको अवस्था छ ।’

साथै गत आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन ३.५४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले तयार पारेको प्रतिवेदनअनुसार मुद्रास्फीति ५.४४ प्रतिशतमा सीमित भएको देखिएको छ ।गत आर्थिक वर्षमा कुल राजस्व संकलन १० खर्ब ८२ अर्ब रुपैयाँ सकलन भएकोमा सरकारी खर्च १४ अर्ब ८ अर्ब रुपैयाँ भएको थियो ।

राष्ट्र बैंकले २०८१ असार मसान्तसम्म ७३ अर्ब ढ९ करोड ९० लाख बराबरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरु चलनचल्तीकोलागि निष्काशन गरेको थियो ।२०८१ असार मसान्तसम्म कुल ६ खर्ब ९० अर्ब १५ करोड बराबरका नोटहरु चलनचल्तमिा रहेका छन् ।

गत आर्थिक वर्षमा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड विदेशी ऋणको लेखाङकन भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : ०८ बजे