विधायन व्यवस्थापन समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : मंसिर ६, २०८१ बिहिबार  १० : १४ बजे