भारतीय अर्बपति गौतम अदानीमाथि अमेरिकामा जालसाजीको अभियोग दर्ता



काठमाडौं ।भारतीय अर्बपति गौतम अदानीलाई अमेरिकामा जालसाजीको अभियोग लगाइएको छ। उनीमाथि २५ करोड अमेरिकी डलर बराबरको घूस दिने योजना बनाएको र अमेरिकामा रकम उठाउने क्रममा उक्त मामिला लुकाएको आरोप लागेको हो।

न्यूयोर्कमा उनीविरुद्ध बुधवार त्यससम्बन्धी आपराधिक मामिलामा अभियोगपत्रहरू दर्ता भएका छन्।भारतका सबैभन्दा धनी व्यक्तिमध्येका एक ६२ वर्षे अदानीमाथि लागेको यो पछिल्लो गम्भीर आरोप हो।

उनीविरुद्धको अभियोगमा अभियोजनकर्ताहरूले अदानी र अन्य वरिष्ठ कार्यकारीहरू २० वर्षमा २ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाउने अपेक्षा गरिएको नवीकरणीय ऊर्जा कम्पनीको ठेक्का पाउनका लागि भारतीय अधिकारीहरूलाई घूस दिन सहमत भएको आरोप लगाएका छन्।

यसबारे अदानी समूहलाई टिप्पणीका लागि अनुरोध गरिएको भए पनि उक्त समूहले हालसम्म प्रतिक्रिया दिएको छैन।

विभिन्न कम्पनीहरूको एउटा ग्रुप बनाएर अमेरिकामा चलिरहेको उक्त समूह सन् २०२३ देखि शङ्काको घेरामा रहँदै आएको छ।

त्यस बेला एउटा उच्च प्रतिष्ठित कम्पनीले जालसाजी गरेको आरोप लगाउँदै एउटा प्रतिवेदन सार्वजनिक गरेपछि त्यसले अदानी समूहमाथि शङ्का उत्पन्न गराएको हो।

उक्त प्रतिवेदनमा गरिएका दाबीहरूलाई अदानीले अस्वीकार गरेका थिए र त्यहाँ उनको ठूलो बजार हिस्सा तत्कालै बिक्री भएको थियो।

घूस दिएको भनिएको उक्त प्रतिवेदन महिनौँदेखि यताबाट उता र उताबाट यता भइरहेको छ।

प्रकाशित मिति : मंसिर ६, २०८१ बिहीबार  ११ : २७ बजे