पहिलो पटक युक्रेनमा अन्तरमहादेशीय रुसी क्षेप्यास्त्र प्रहार, विश्वचर खलबलि



काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनको देशमा नयाँ रुसी रकेटले हमला गरेको र त्यसमा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)को विशेषता रहेको बताएका छन्।

युक्रेनले रुसले आफ्नो डिनिप्रोमा रहेको संरचनालाई लक्षित गरेर रुसले हमला गरेको जनाएको छ तर उक्त हमलाले ठ्याक्कै के क्षति पुर्‍यायो भन्ने स्पष्ट भएको छैन।

आइसीबीएमु परमाणु युद्धशीर्ष प्रदान गर्न बनाइएको हो तर यो परम्परागत विस्फोटनहरूमा पनि काम लाग्छ र उच्च गतिमा हजारौँ किलोमिटर यात्रा गर्न सक्छ। रुसले गरेको यो हमलामा भने परमाणु युद्धशीर्ष परिचालन नगरिएको बताइएको छ।

टेलिग्राममा लेख्दै जेलेन्स्कीले लेखेका छन्, गति, उचाइ जस्ता विशेषताले त्यो अन्तरमहादेशीय बलिस्टिक भएको सङ्केत गर्छ। परीक्षणहरू अहिले जारी छ। पुटिनले युक्रेनको भूमिलाई तालिम गर्नका लागि प्रयोग गरिरहेका छन् भन्ने यकिन छ।

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको भन्ने आरोपबारे रुसले भने कुनै प्रतिक्रिया जनाइसकेको छैन।

टेलिग्राममा जेलेन्स्कीले लेखेका छन्, आज हाम्रा सन्की छिमेकीले एकपटक फेरि उनी कस्ता छन् र कसरी उनले मानिसको जीवन, स्वतन्त्रता र मर्यादालाई तुच्छ सम्झिन्छन् भन्ने देखाएका छन्। साथै उनी कति डरपोक छन् भन्ने पनि उनले देखाएका छन्।उनी डराएकै कारणले नयाँ क्षेप्यास्त्रहरू प्रयोग गर्न थालिसकेका छन्।

अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र(आइसीबीएम) सबैभन्दा लामो दूरीको क्षेप्यास्त्र हो जुन ५५०० किलोमिटरभन्दा बढी यात्रा गर्नसक्छ।

त्यसको अर्थ आइसीबीएमले टाढा रहेर पनि विश्वका जुनसुकै ठाउँका निसानामा हमला गर्नसक्छ।

बलिस्टिक क्षेप्यास्त्रहरू क्रूज क्षेप्यास्त्रहरूभन्दा फरक हो जुन जेट इन्जिको प्रयोगबाट पनि यात्रा गर्नसक्छ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ७ : ४३ बजे