सहकारी ठगी प्रकरण : रास्वपा सभापति लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ । लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको हो ।

लामिछानेविरुद्ध जिल्ला अदालत चितवनबाट पक्राउ शुक्रबार पुर्जी जारी भएको हो।

यसअघि चितवनको साहारा सहकारी पीडितहरुले १० जनाविरुद्ध पुरक जाहेरी दिएका थिए ।

चितवन को सहारा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रकम अवैध तरिकाले ल्याइएको पाइएको छ । सहारा सहकारी ठगी प्रकरणमा कास्की प्रहरीकै हिरासतमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसमेत तानिएका छन् ।

रास्वपा सभापति लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा समेत जोडिएका छन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले समेत पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् ।

सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार  ६ : २० बजे