चीनमा गएको आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ



एजेन्सी । चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरोको भिडियोले विश्वको ध्यान खिचेको छ ।

उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा बिहीबार गएको ठूलो हिमपहिरो यतिबेला चर्चामा समेत छ ।

जसले केही सेकेन्डमा सम्पूर्ण उपत्यकालाई घेरेको थियो। नाटकीय रुपमा गएको पहिरोले मानविय क्षति भने गराएको छैन् ।

उच्च स्थान अर्थात कुनलुन पर्वतमा गएको हिमपहिरो खुल्ने बित्तिकै, तत्काल हिउँ भएको र दशौं मिटर अग्लो हिउँ पर्खाल बनेको थियो ।

समुन्द्री सतहबाट ६ हजार मिटरभन्दा बढी उचाइमा रहेको उक्त क्षेत्रमा निरन्तर हिउँले ढाकिरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : ४० बजे