दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं, ९ मंसिर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

यसअघि पनि अदालतले प्रसाईँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा २१ करोड अमेरिकी डलर लगानी गरेको दाबी गर्दै एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले साइबर क्राइम कसुरमा पक्राउ गरेको थियो ।

अदालतले प्रसाईँको उपचारको प्रबन्ध मिलाउनसमेत आदेश दिएको छ । प्रसाईँ क्यान्स रोगका विरामी हुन् ।

प्रसाईविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ, संगठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार  ७ : १५ बजे