काठमाडौं । यूएईमा हराइरहेका एकजना यहुदी धर्मगुरु रबाइको हत्या भएको भन्दै इजरेलले उनका हत्यारालाई खोजी गरिररहेको जनाएको छ।
आइतवार ती रबाइको शव फेला परेको खबरपछि प्रधानमन्त्री कार्यालयले भनेको छस् “तिस्भी कोगानको हत्या एक यहुदी विरोधी फौजदारी आतङ्कवादी घटना हो। इजरेलले यस मृत्युमा जिम्मेवार सबै अपराधीहरूलाई आफ्नो सबै सामर्थ्य लगाएर न्यायको दायरामा ल्याउनेछ।”
उक्त हत्यासँग जोडेर तीन जना मानिसहरूलाई पक्राउ गरिएको यूएईको आन्तरिक मामिला मन्त्रालयले आइतवार साँझ पुष्टि गरेको छ।
भीषण इजरेली हमलामा मध्य बेइरुतमा आठ तले भवन ध्वस्त
कतार किन इजरेल र हमासबीच शान्ति सम्झौता गराउन सक्दैन?
रबाइ कोगान अर्थोडक्स यहुदी संस्था हबाद लुबाभित्सका एकजना प्रतिनिधि हुन्।
गत बिहीवारदेखि उनी बेपत्ता भएपछि इजरेली गुप्तचर निकाय मोसाद र यूएईका अधिकारीहरू खोजतलासमा लागेका थिए।
बीबीसि बाट