काठमाडौं ।सर्वोच्च अदालतले साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। रिट खारेजीसँगै सर्वोच्चले निर्देशनात्मक आदेश पनि जारी गरेको छ।
सर्वोच्चका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त रिट खारेज गर्दै छिटो अनुसन्धान गरेर टुंग्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।
रिट खारेज भएसँगै थुनामुक्त हुने प्रसाईंको प्रयसा असफल भएको छ ।
सर्वोच्चमा उनका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
प्रसाईंलाई गत मंसिर ४ गते सिआइबीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
उनले एमाले प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै फेक डकुमेन्ट सार्वजनिक गरेको आरोप छ ।














