काठमाडौं । एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कीर्तिपुरको उपचुनाव जनमत संग्रह नै भएको दाबी गरेका छन् । कीर्तिपुरको नगाउँ दोबाटोमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
कीर्तिपुरमा मात्र मेयर पदमा उपनिर्वाचन हुन लागेकाले यो जनमतसंग्रह नै भएको उनले टिप्पणी गरे । “यो चुनाव देशका लागि जनमतसंग्रह नै हो,” ।
उनले भने , भ्रष्टाचारविरुद्ध आफूहरू एक ठाउँमा भएको बताए । “दुई ठूला पार्टी मिलेर सरकार बनाएका छन् । सबै काण्ड छोप्न सरकार बनाएका छन्,” उनले भने, “हामी भ्रष्टाचारको विरुद्धमा, अव्यवस्थाको विरुद्धमा, देशलाई लुट्नेका विरुद्ध हामी दुई पार्टी एक ठाउँमा छौँ,” ।














