काठमाडौं ।सिरियाका विद्रोही फौजले त्यहाँको दोस्रो ठूलो सहर अलेपोको “धेरैजसो” भाग नियन्त्रणमा लिएको यूकेमा मुख्यालय रहेको निगरानी समूह सिरिअन अब्जर्बेटरी फर ह्युमन राइट्सले जनाएको छ।
उक्त संस्थाका अनुसार बुधवारदेखि सुरु भएको आक्रमणमा २० जना भन्दा धेरै सर्वसाधारणसहित ३०० जनाभन्दा धेरै मारिएका छन्।
यो सिरियाली सरकारविरुद्ध वर्षौँयता भएको सबैभन्दा ठूलो आक्रमण बताइएको छ।
सन् २०१६ मा राष्ट्रपति बसर अल(असदको सेनाले परास्त गरेयता पहिलोपटक विद्रोहीहरू अलेपो पुगेका थिए।
अलेपोमा रहेको विमानस्थल र सहरतर्फ जाने सबै सडक बन्द गरिएको सैन्य स्रोतले रोयटर्स समाचार संस्थालाई बताएको छ।
ठूलो प्रतिरोधको सामना नगरिनै विद्रोहीहरूले “आधा अलेपो” कब्जा गरेको निगरानी समूहका निर्देशक रामी अब्देल रहमानले शनिवार एएफपी समाचार संस्थालाई बताएका छन्।
उनका अनुसार “सरकारी सैनिकपछि हटेका कारण त्यहाँ कुनै पनि भिडन्त भएको छैन र एउटा गोली पनि चलेको छैन।”
बुधवार विद्रोही र तीनका सहयोगीले आक्रमण सुरु गरेयता नियन्त्रणमा लिएका अलेपो र इड्लिब प्रान्तका केही सहरहरूमा शुक्रवार पुनस् आफ्नो नियन्त्रण कायम गरिएको सरकारी सेनाले बताएको थियो।