उपनिर्वाचन अपडेट: ११ बजेसम्म २५ प्रतिशत मत खस्यो, मतदान शान्तिपूर्ण



काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ११ बजेसम्म करिब २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार ११ बजेसम्मको जानकारी अनुसार २२ प्रतिशत मत खसेको हो ।

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा छन् ।

हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको पनि आयोगले जनाएको छ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने जानकारी गरेको छ ।

प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार  १२ : १७ बजे