काठमाडौं । स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको छ ।निर्वाचन आयोगका अनुसार १ बजेसम्मको जानकारी अनुसार ४५ प्रतिशत मत खसेको हो ।स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान जारी छ ।
स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा छन् ।
हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।














