काठमाडौं ।स्थानीय तह उपनिर्वाचन अन्तर्गत दिउँसो ३ बजेसम्म करिब ५८ प्रतिशत मत खसेको छ ।निर्वाचन आयोगका अनुसार ३ बजेसम्म करिब ५८ प्रतिशत मत खसेको हो । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी छ ।
यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब एक लाख ३० हजार मतदाताले मत खसालेको आयोगले जनाएको छ । आयोगले ६० प्रतिशत भन्दा धेरै मतदान हुने अनुमान गरेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म उपनिर्वाचन भइरहेका देशैभरका स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।














