व्यवसायी प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

साइबर अपराधको कसुरमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँलाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

भक्तपुरस्थित निवासबाट प्रसाईंलाई सिआइबीले गत मंसिर ४ गते पक्राउ गरेको थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीबारे गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालबाट ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेका थिए ।

प्रसाईलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएकोमा फेरि ४ दिनको म्याद थपिएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार  ४ : ५४ बजे