चितवनमा रविका समर्थकले गरे ढुंगा प्रहार,प्रहरीसँग दोहोरो मुठभेड



चितवन । सहकारी ठगीको आरोप लागेका रास्वपा सभापति रवि लामिछानेका समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेपछि दोहोरो मुठभेड भएको छ।

रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी भिड नियन्त्रणमा लिने प्रयास गरेको हो।

बुधबार चौबिसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको रविसमर्थकको जुलुसलाई प्रहरीले रोक्न खोजेपछि रविका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए।

सहकारी ठगीको आरोपमाथि अनुसन्धानका लागि रविलाई चितवन पुर्‍याइएको छ।

प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बताएको छ।

प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार  १ : २९ बजे